दफा ४४
प्रतिवेदन दिनु पर्ने
(१) उपभोक्ता समूहले प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र तोकिए बमोजिम आर्थिक विवरण तथा सामुदायिक वनको स्थिति समेत खुलाई आफ्नो कृयाकलापको वार्षिक प्रतिवेदन डिभिजन वन कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त वार्षिक प्रतिवेदनको आधारमा डिभिजन वन कार्यालयले सम्बन्धित उपभोक्ता समूहलाई आवश्यक सुझाव दिन सक्नेछ ।